Thu. Jul 17th, 2025

जनप्रतिनिधिहरुलाई अल्पसंख्यक,सिमान्कृत र दलित समुदायको अधिकारका सम्बन्धि तालिम

By Sushil Basnet ६ असार २०८२, शुक्रबार ०१:२० ६ असार २०८२, शुक्रबार ०१:२० ६ असार २०८२, शुक्रबार ०१:२०

तुलसीपुर,६ असार

दाङका बिभिन्न पालिकाका कार्यपालिका सदस्यहरुलाई अल्पसंख्यक,सिमान्कृत,लोपउन्मुख र दलित समुदायको अधिकारका सम्बन्धमा क्षमता अभिबृद्धि सम्बन्धि तालिम दिएको छ ।
माहुरी होम कपिलबस्तुको आयोजना तथा जे एफ डि र ओ पि बि आईको सहयोगमा दाङको तुलसीपुरमा दिइएको उक्त २ दिने उक्त तालिममा जिल्लाका बिभिन्न पालिकाका कार्यपालिकाका २० जना महिला र पुरुष कार्यापालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिममा अल्पसंख्यक सिमान्कृत समुदायको परिभाषा,अधिकार र अन्तराष्ट्रिय ब्यबस्था, नेपालको संबिधानमा गरिएका ब्यबस्था,लक्षित वर्गका निम्ति बिगतमा गरिएका ब्यबस्थाहरु,वर्तमानमा कार्यान्वयनको अबस्था, बृहत शान्ति सम्झौताको मर्म,मौलिक हक र कार्यान्वयनका अबस्थाका बारेमा तालिमका बिषयबस्तु थिए ।
त्यस्तै,मानव अधिकारको परिभाषा,मानव अधिकारको मूल्य मान्यता,मानव अधिकारका पक्षहरु, आर्थिक, सामाजिक, सांस्कृति, राजनीतिक अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रि ब्यबस्था र राज्यको दायित्व, लै.स.स.नीति,नमूना पालिकाको लागि चाहिने आबश्यक नीतिहरु,स्थानीय सरकार संचालन ऐन,सामाजिक सशक्तिकरण,सामाजिक समाबेशिकरण,समता र समानता,सकारात्मक बिभेद,योजना तर्जुमामा अल्पसंख्यक सिमान्कृतको सहभागिता बिषय बस्तुमा प्रशिक्षण दिईएको सहभागि लक्ष्मण बिश्वकर्माले जानकारी दिनुभयो ।
माहुरी होम कपिलबस्तुका निर्वतमान अध्यक्ष प्रेम जैसवालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन मंगलबार तुलसीपुरमा गरिएको थियो । तालिमको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पाद्र्ये, अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेत, माहुरी होमका निर्वतमान अध्यक्ष प्रेम जैसवाल र उक्त संस्थाका महासचिव एबम पत्रकार अमृता अनमोल हुनुहुन्थ्यो ।
सहभागिहरुले कार्यपािलकाको बैठक र स्थानीय तहमा तालिममा अल्पसंख्यक,सिमान्कृत,लोपउन्मुख र दलित समुदाय अधिकार सुनिश्चित गर्नका लागि सशक्तरुमा लाग्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै, अल्पसंख्यक,सिमान्कृत,लोपउन्मुख,दलित र महिला र कार्यपालिकाका सदस्यहरु समेतको सहभागितामा जिल्ला तहमा एउटा तदर्थ समिति गठन गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का सदस्य एवम न्यायीक समितिका सदस्य देवि पोख्रेल आचार्यले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *