जेष्ठ २९

तुलसीपुर उपमहानगरपालिकाको ३३ औ कार्यपालिका बैठक केही वडा अध्यक्षले बहिष्कार गरेका छन् । कांग्रेस र माओवादीबाट निर्वाचित वडा अध्यक्षहरुले बिहीबारको कार्यपालिका बैठक बहिष्कार गरेका हुन ।
नगरप्रमुख टिकाराम खडकाले कार्यपालिकामा बहुमतको दम्भ देखाएर पेलेरै जान खोजेपछि आफूहरुले बैठक बहिस्कार गरेको नेपाली कांग्रेसबाट निर्वाचित तुलसीपुर उपमहानगरपालिका–९ का वडाध्यक्ष घनश्याम ढकालले बताउनुभयो ।
आफूहरुले अघि सारेको मागका विषयमा नगरप्रमुख खडकाले कुनै लचकता नदेखाएपछि आफूहरु बाध्य भएर बहिस्कार गरेको ढकालले बताउनुभयो । असन्तुष्ट अध्यक्षहरुले शिक्षक दरबन्दी मिलानको निर्णय खारेज गर्नुपर्ने, कर्मचारीमाथि आस्थाका आधारमा विभेद गर्न नहुने, वडा बजेटको सिलिङ संशोधन गर्नुपर्ने, कर बृद्धि गर्न नहुने नहुनेलगायतका माग अघि सारेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *