ऐजन्सी, २९ जेठ 

भारतको अहमदावादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । लण्डनका लागि उडान भरेको एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइन विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।

उक्त विमानमा गुजरात राज्यका पूर्वमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विजय रुपाणी पनि सवार रहेको भारतीय टेलिभिजन आजतकले उल्लेख गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विमानले अहमदावादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको लण्डनस्थित गटविक विमानस्थलका लागि उडान भरेको थियो । टेकअफ गरेलगत्तै विमान दुर्घटनामा परेको हो ।

भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने प्रारम्भीक आशंका गरिएको छ ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *