सुशील बस्नेत
तुलसीपुर,२४ जेठ
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले युवा जनशक्तिबाट देशले परिवर्तन गर्न सक्ने बताउनुभएको छ । तुलसीपुर नगर जेसीज सप्ताह २०२५ को उद्घाटन कार्यक्रममा पूर्वमुख्यमन्त्री चौधरीले युवा जनशक्तिसंग भएको उर्जाको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि पनि लुम्बिनी प्रदेश सरकारले युवा केन्द्रित कार्यक्रमहरु यसअघिदेखि बनाउदै आएको बताउनुभयो । बैदेशिक रोजगारीका अवसर तीन वटै सरकार लाग्नुपर्नेमा जोड दिनुभएका चौधरीले बिश्व बजारमा समेत नेतत्व गर्न सक्ने युवा उत्पादन गर्नुपर्नेमा बिशेष जोड दिनुभयो ।
तुलसीपुर नगर जेसीजका अध्यक्ष संदीप भुषालको अध्यक्षता एवम पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा जेसीज सप्ताहको उद्घाटन गरिएको थियो । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका पूर्वकेन्द्रिय बरिष्ठ उपसभापति एबम संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत, बरिष्ठ अधिबक्ता प्रदिप धिताल,तुलसीपुर जेसीजका पूर्व अध्यक्ष दिपेश भण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । तुलसीपुर नगरजेसीजले आज शनिबारदेखि शुरु गरेको साता ब्यापी कार्यक्रम अन्तर्गत २५ गते पूर्वअध्यक्षहरुसँग अनुभव आदान प्रदान, २६ गते बिद्यार्थीसँग जेसीज, २७ गते माबि बालापुरमा शैक्षिक सामाग्री बितरण, २८ गते बक्तीत्व कला प्रतियोगीता, २९ गते ब्याडमिन्टीन प्रतियोगिता र ३० गते रक्तदान कार्यक्रम आयोजना गरिएको मुल आयोजक समितिका संयोजक केशवराज न्यौपानेले जानकारी दिनुभयो ।

