२४ जेष्ठ

लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पहरेदारी गर्ने उद्देश्यले प्रदेशका सम्बद्ध सरोकारवाला पक्षहरुलाई समेटेर प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको हो । 

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईंको नेटवर्कको संयोजकमा रहनुभएको नेटवर्कको सदस्य सचिवको रुपमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डव शर्मा चयन हुनुभएको छ ।
नेटवर्कको सदस्यमा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, लुम्बिनी प्रदेश सरकार सञ्चार समन्वय परिषद्का अध्यक्ष मिलन गाहा, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरी ज्ञवाली, लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका उप–सचिव रामप्रसाद भट्टराई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत धनबहादुर थापा, प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष शोभाकार पन्थी र प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप वाग्ले रहनुभएको छ ।

त्यसैगरी नेटवर्कको सदस्यहरुमा उच्च अदालत वार एशोयिसन नेपालगञ्ज (तुल्सिपुर इजलास)का अध्यक्ष चित्रबहादुर शाही, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद भट्टराई, चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोख्रेल, सञ्चारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृत अनमोल, डब्लुडब्लुजे लुम्बिनी प्रदेश उपाध्यक्ष भगवति पाण्डे, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवराज पोखरेल, सम्बाद समूह लुम्बिनीका वरिष्ठ सहजकर्ता सुशिल बस्नेत र मानवअधिकार सञ्जालका विनोद केसी रहनुभएको छ ।
फ्रि मिडिया नेटवर्क गठन कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, युरोपियन युनियनका सिनियर प्रोग्राम म्यानेजर शिव भण्डारी,नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासन, सचिव वैकुण्ठराज पराजुली

,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुत्रऋषि चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु रामराज पोख्रेल, विकास बञ्जाडे र लिला शाहले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

फ्रि मिडिया नेटवर्कको अवधारणका बारेमा नेपाल पत्रकार महासंघका कार्यक्रम संयोजक गिरिराज अधिकारीले प्रकाश पर्नुभएको थियो । सो अवसरमा फ्रिडम फोरमकोतर्फबाट नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले प्रदेशको समग्र पत्रकारिताको विषयमा प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष मीना ढकालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव पाण्डव शर्माले गर्नुभएको थियो ।कार्यक्रममा सहभागिहरुलाई नेपाल पत्रकार महासंघ, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *