जेठ १३
देशका पहाडी भू–भागका थोरै ठाउँहरुमा र बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना समेत रहेको महाशाखाको अनुमान हो ।
काठमाण्डौ उपत्यकाका केही ठाउँहरुमा आज बिहान छिटपुट पानी परेको छ भने अहिले पनि आकाशमा बादल लागेको छ । दिउसो पनि केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ ।
देशका पहाडी भू–भागमा आज पनि पानी पर्ने सम्भावना

