ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

तुलसीपुर,२१ बैशाख
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले सरकारले नीजि क्षेत्रको समस्या सम्बोधन तर्फ चासो नदिएको बताउनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघले शनिबार दोघरेमा आयोजना गरेको संघको ३० औं साधारणसभामा बोल्दै प्रमुख अतिथि राणाले सरकारले हाम्रा उचित माग सम्बोधन गर्न नसकेको बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘हाल इतिहासकै जटिल आर्थिक संकट देखिएको भन्दै सरकारले निजी क्षेत्रको उत्थानका निम्ति नसोच्ने हो भने अन्ततः त्यो संकट मुलुकले नै झेल्नुपर्ने छ। अर्को प्रसङमा राणाले भन्नुभयो, महिलालाई जिल्ला नगरका उद्योग बाणिज्य संघको नेतृत्व तहमा पुग्ने वातावरण बनाउनुपर्छ । तर त्यो देखिएन । महिलाहरुको संख्या पनि कार्यक्रममा अधिक कम भएको भन्दै दुख ब्यक्त गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्थानीय सरकार र निजी क्षेत्रको सम्बन्ध नङ र मासुको जस्तै सम्बन्ध रहेको बताउनुभयो । तुलसीपुरले यहाँको निजी क्षेत्रसँग सहकार्य र समझदारीबाटै अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोरकुमार प्रधान, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, संस्थापक अध्यक्ष गुणनिधि तिवारी,नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष बिपुल पोख्रेल,पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी,,निवर्तमान अध्यक्ष दुर्गालाल केसी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष विनिल केसीको अध्यक्षतामा भएको थियो । संघको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रुपेश शर्माले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको सहजीकरण संघका महासचिव केशबराज केसीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *