तुलसीपुर
हिमाल एकाडेमी तुलसीपुरका शिक्षक बिशेष श्रेष्ठ माथि खुडा प्राह गरि घाईते बनाउने फरार सुरेश सुनारलाई प्रहरीले पक्राउ गरेक छ |
बैशाख १९ गते अन्दाजी १०:३० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ स्थित हिमाल बोर्डिङ स्कुल रजौरा बस्ने बर्ष ३७ का हिमाल एकेडेमी तुलसीपुरका शिक्षक बिशेष श्रेष्ठ लाई घाईत्ते बनाई फरार सुरेश लाई खोजतलास गर्ने क्रममा शनिवार पौने आठ बजे तिर तुलसीपुर उ.म.न.पा.४ हलुवार स्थित सडक बाटोबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ रक्षाचौर बस्ने बर्ष. अन्दाजी २१/२२ को सोहि स्कुलमा कक्षा १२ अध्ययनरत सुनारले एक्कासी श्रेष्ठको बाँया कुम र दुबै हातको पाखुरामा धारिलो हतियार खुँडा प्रहार गरि गरिएको थियो |
घाईते भएका श्रेष्ठको तुलसीपुर स्थित एक अस्पतालमा उपचार भई रहेको छ |

