घोराही ९ ढिकपुर,तुलसीपुर १७ बैशाख
घोराही उपमहानगरपालिका वडा नम्वर ९ मा दलित तथा गैरदलितलाई कानुनी साक्षारता दिन शुरु गरिएको छ । वडालाई जातिय भेदभाव र छुवाछुत मुक्त घोषणा बनाउने रणनीतिका साथ सचेतना तालिम दिन थालिएको वडा अध्यक्ष चैतु कुमार चौधरीले जानकारी दिनुभयो । बिभिन्न ३२ बढी टोल बिकास संस्थाका अध्यक्ष,बिद्यालयका प्रधानाध्यापक, धर्मगुरु, जनप्रतिनिधि, कर्मचारी,दलित समुदाय लगायतको सहभागिता रहेको आयोजक दलित अधिकार तथा सञ्चार अभियानका अध्यक्ष निर्मल नेपालीले जानकारी दिनुभयो ।
तालिममा जातिय भेदभाव र छुवाछुत अन्त्यका लागि गएका संबैधानिक ब्यबस्था, जातिय भेदभाव तथा छुवाछुत र कसुर सजाय ऐन, देवानी अपराध संहिता २०७४,समुदायको भूमिका,ब्यबहार परिर्वतनका उपाय र अन्तघुलन लगायतका बिषय समेटिएका वडा नम्वर ९ का सदस्य सपना बिकले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति दाङका सदस्य एवम सोही वडाका सदस्य हरिदेवी पोख्रेलले समाजमा जातिय बिभेदले जरा गाडि रहेकोले निकै चुनौति पूर्ण भएपनि यसलाई समाज र समुदायबाट जराबाट हटाउनुपर्ने सुझाब दिनुभयो ।
काग्रेसका युवा नेता एबम कलाकार समिर समिपले जिवनमा जातिय भेदभाव र छुवाछुतको पीडा भोगाईको बारेमा बताउनु भएको थियो । उहाँले भन्नुभयो, म दलित हु तर मैले समिप भनेर उपनाम लेख्नुपर्ने अबस्था समाजका कारणले भयो । झैण्डै १ सय २७ वटा गित गाउदा ३ वटा त जातिय भेदभाव र छुवाछुत सँग सम्ँबन्धित छन् उहाँले भन्नुभयो ।
संस्थाका अध्यक्ष निर्मल नेपालीको अध्यक्षतामा उद्घाटन गरिएको उक्त तालिमको प्रमुख अतिथी जिल्ला समन्वय समितिका सदस्य हरिदेवी पोख्रेल र वडा अध्यक्ष चैतु कुमार चौधरीको बिशिष्ट आतिथ्यता थियो । संस्थाका उपाध्यक्ष भुमिका थापाको स्वागत मन्तब्यबाट शुरु भएको तालिमको उदघाटन कार्यक्रमको सञ्चालन महासचिव सन्तोष चनाराले गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत र दलित अधिकारकर्मी निर्मल नेपाली हुनुहुन्छ । ४० बढि महिला र पुरुष सहभागि तालिम बुधबार समापन हुदैछ ।

