तुलसीपुर,२९ चैत

दाङको पश्चिम क्षेत्रका महिलाहरुले बिभिन्न प्रकारका सिप सिक्न थालेका छन् । बबई गाँउपालिकाका बिभिन्न टोलका सर्वसाधारण महिलाहरुले आयआर्जन देखि नेतृत्वमा चाहिने गुण सिपका बारेमा तालिम रुचि पूर्वक लिईरहेका सुमित्रा रानाले बताउनुभयो ।

दिदी बहिनीहरु दर्ता गरिएको महिला सशक्तिकरण एवम सामाजिक बिकास नेपाल गैरसरकारी संस्थाबाट बिभिन्न प्रकारका तालिम र सीप दिन थालेको उक्त संस्थाका उपाध्यक्ष रानाको भनाई छ ।

संस्थामा पुरुष दाजुभाईहरुको पनि ठुलो सहयोग रहेकाले यो संस्थाले दाङ जिल्ला भर भएपनि हाल बबई गाँउपालिकाकालाई कार्य क्षेत्र बनाई यस प्रकारका कार्य गरिरहेका छौ,सचिव मन्जु घर्तीले बताउनुभयो ।

यस आर्थिक बर्षमा महिलहरुको सौन्र्दयताका लागि प्रयोग गर्ने पोते,सिलाई कटाई र महिलाहरुको नेतृत्वमा क्षमता विकासको सिप जस्ता तालिम दिई रहेको बताउनुभयो ।
यस अघिका बर्षहरुमा सिलाई कटाई देखि बिभिन्न किसीमका तालिम प्राप्त महिलाहरुले आर्यआजनको काममा लागि घरपरिवारको खर्च धान्न थालि सकेको संस्थाका अध्यक्ष बालिराम वलीले जानकारी दिनुभयो ।

यसैबिच लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग तथा यस संस्थाको आयोजना र बबई गाँउपालिकाको समन्वयमा बिहीबारदेखि हापुरेमा ३ दिने महिलाहरुको लागि नेतृत्व /क्षमता विकास सम्बन्धि तालिम शुरु गरिएको छ ।
संस्थाका अध्यक्ष बालिराम वलीको अध्यक्षता एवम गाँउपालिकाका अध्यक्ष कुलबहादुर खत्रीको प्रमुख आतिथ्यतामा शुरु भएको तालिममा वडा नम्वर ४ का बिभिन्न वडाका पछाडी पारिएको समुदायका महिलाहरु गरि ३० जनाको सहभागिता रहेको छ । तालिम उद्घाटन समारोहमा सम्बोधन गर्नुहुदै पालिका अध्यक्ष खत्रीले तालिमबाट सिकेका सिपलाई आफ्नो जिवनमा अधिक्तम उपयोग गर्न आग्रह गर्नुभयो । तालिमले जिविकोपार्जनमा र ब्यक्तित्व बिकासमा ठुलो मद्धत गर्ने छ, उहाँले भन्नुभयो ।

तालिम शनिबार समापन हुने छ । तालिमको प्रमुख प्रशिक्षकमा पत्रकार एवम अधिकारकर्मी पत्रकार सुशील बस्नेत हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *