ब्रेकिङ न्युज
Fri. Mar 13th, 2026

रनियापुर,तुलसीपुर -बैशाख ७
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का बिभिन्न टोलका दलित तथा पछाडी पारिएका महिलाहरुले सशक्तिकरण तालिम लिएका छन् । तालिममा महिलाहरुलाई सामाजिक,आर्थिक,राजनीतिक क्षेत्रमा संबैधानिक ब्यबस्था अनुसार सहभागि गराउनुपर्ने, तालिम र क्षमता विकास गराउनुपर्ने लगायतका बिषयमा जानकारी गराइएको वडाका कार्यबाहक अध्यक्ष बिमला शर्माले जानकारी दिनुभयो । महिलाहरुलाई शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, आयआर्जनमा संलग्न हुने अवसर राज्यले ब्यबस्था मिलाउनुपर्ने कुरामा जोड दिएको उहाले बताउनुभयो । तुलसी समाज विकास केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानगपालिका वडा नम्वर १३ को आर्थिक सहयोगमा ३५ जना दलित तथा पछाडी पारिएका समुदायका महिलाहरुको सहभागि रहेको संस्थाका अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष गणेश भण्डारीको अध्यक्षमा भएको तालिम उद्घाटन तथा समापन कार्यक्रममा वडा सदस्य बेलमति परियार, वडा कार्यालयका सचिव कर्णबहादुर हमाल, सहभागिहरु ६५ बर्षिय मायादेवि बिटालु र सलोचना शेर्पा,स्थानीयबासी मदन डिसीले मन्तब्य ब्यक्त गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेत र दलित अधिकारकर्मी निर्मल नेपाली हुनुहुन्थ्यो । कार्यक्रमको सहजिकरण संस्थाका प्रेणा परियारले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *