पुजा गुप्ता के.सी.
तुलसीपुर,२६ चैत
ज्ञानज्योती कलेज तुलसीपुरले कक्षा १२ का बिद्यार्थीलाई बिदाई समारोह आयोजना गरेको छ । मंगलबार बिद्यालय परिसरमा कक्षा १२ का विद्यार्थीलाई बिदाई समारोहको आयोजना गरिएको कलेजका प्रधानाध्यापक सुरेन्द्र जि.सी.ले जानकारी दिनुभयो ।
भब्यरुपमा मनाइएको बिदाइ समारोहमा बिदाई मन्तब्य दिदै आगामी दिनको उच्च तहको शैक्षिक यात्राको शुभकामना ब्यक्त गरिएको थियो ।
समारोहमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव पार्धे ,तुलसीपुर उपमहानरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष दुजमान भण्डारी बर्षाले दक्ष जनशक्ति उत्पादन भई देशमै बसी योगदान गर्न बिद्यालयबाट बिदाई भई जानलागेका बिद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।
उक्त समारोहमा चर्चित गायक तथा नायक प्रकाश सपुतले सहभागिहरुलाई छमछमी नचाउनुभएको थियो । बिदाइ कार्यक्रममा विद्यार्थीहरुका प्रतिभाहरु समेत प्रस्तुती रहेको सहायक प्रधानाध्यापक मनोज के.सी.ले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन सन्तोष केसीले गर्नुभएको थियो । ज्ञानज्योती कलेज देशकै उत्कृष्ट बिद्यालय मध्ये हो । यस बिद्यालयले प्रत्येक बर्ष बिभिन्न तहमा उत्कृष्ठता हासिल गर्दै आएको छ ।
माध्यमिक बिद्यालय तुलसीपुर सेन्टरमा अभिभावक भेला
माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरमा अभिभावक भेला,प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार तुलसीपुरमा उक्त कार्यक्रम सम्पन्न भएको बिद्यालयका प्रधानाध्यपक भावत पौड्ेलले जानकारी दिनुभयो ।
भेलाले बिद्यालयमा आबश्यक बिभिन्न सवालमा ब्यापक छलफल गरि केही महत्वपूर्ण निर्णय समेत गरेको छ । त्यस्तै,बिद्यालयको शैक्षिक प्रगतिका लागि महत्वपूर्ण भूमिका खेल्ने सरोकारवाला पक्ष अभिभावक,शिक्षक शिक्षीका,बिद्यार्थी र ब्यबस्थापन समितिको सहभागितामा बिभिन्न बिषमया अभिमुखिकरण गराईएको थियो । जसमा बिद्यार्थीमैत्री शिक्षण सिकाई, अभिभावकहरुको निगरानी लगायतका बिषयहरु रहेका थिए । त्यस्तै, बिद्यालयमा उत्कृष्ट बिद्यार्थीहरुलाई बिभिन्न बिधामा पुरस्कार तथा सम्मान गरिएको थियो ।
सो अवसरमा नगरप्रमुख टिकाराम खड्काकाले सामुदायिक बिद्यालय प्रतिको आकर्षण बढाउनुपर्ने सुझाब दिनुभयो । बिद्यार्थीका चौतर्फी बिकासका लागि सामुदायिक बिद्यालयले मेहनत समेत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लेखितराम पौड्ेलको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख खड्काको प्रमुख आतिथ्यतामा उक्त सम्पन्न भएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भागवत पौड्ेल, अभिभावक केपी भण्डारी,बिद्यालय ब्यबस्थापन समितिका सदस्य सुरेश रावत लगायतले सम्बोधन गर्नुभएको थियो ।

