हंसपुर,चैत १९
पश्चिम दाङका महिलाहरुलाई नेतृत्व बिकास सम्बन्धि तालिम दिईएको छ । महिला सशक्तिकरण एवम समाज बिकास केन्द्र नेपालको आयोजनामा बबई गाँउपालिकाका महिलाहरुलाई क्षमता बिकासका आधारभूत सीपहरु प्रशिक्षण दिइएको संस्थाका अध्यक्ष बलिराम वलीले जानकारी दिनुभयो ।
३ दिन सम्म सोही गाँउपालिकाको वडा नम्वरका बिभिन्न वडाका अगुवा महिलाहरुलाई तालिम दिएको वलीले बताउनुभयो । तालिममा महिलाको क्षमता विकासका मुख्य क्षेत्रहरू, शिक्षा र सीप विकास, आर्थिक सशक्तिकरण, नेतृत्व र निर्णय क्षमता, आत्मविश्वास अभिवृद्धि गर्ने उपायहरू , लैङ्गिक समानता र कानुनी अधिकार र योजना निर्माण बिधि लगायतका बिषय रहेका संस्थाका उपाध्यक्ष सुमित्रा रानाले जानकारी दिनुभयो । तालिममा सहभागि महिलाहरुले दैनिक जीवन देखि समाज रुपान्तरणमा सिकेको सीपले ठुलो मद्धत गर्ने बताएका थिए ।
आईतबारदेखि शुरु भई मंगलबार समापन भएको तालिमको उद्घाटन बबई गाँउपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले गर्नुभएको थियो । तालिम सञ्चालनको लागि आर्थिक सहयोग लुम्बिनी प्रदेश सरकारले गरेको थियो भने समन्वय बबई गाँउपालिकाले गरेको संस्थाका सचिव अञ्जु घर्तीले जानकारी दिनुभयोे । तालिममा बिभिन्न टोलका ३० जना अगुवा महिलाहरुको सहभाति रहेको थियो । तालिमको प्रशिक्षकमा पत्रकार एवं अधिकारकर्मी सुशील बस्नेत र दलित अधिकारकर्मी छवि परियार हुनुहुन्थ्यो ।
पश्चिम दाङका महिलाहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम

