मंसिर १५
दाङ मा ४ सय ५ जना एच आई भी संक्रमितको संख्या रहेको छ । जस मध्ये २ सय १२ जना पुरुष, एक सय ८७ जना महिला र ६ जना तेस्रो लिङ ी संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङ ले जनाएको छ ।
जसमा १७ जना बालबालिका रहेका छन् ।
कार्यालयका अनुसार५ बर्षदेखि १४ बर्ष सम्मका बालबालिकामा पनि एचआईभी संक्रमण देखिएको छ । जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा ६७ जना पुरुष,५५ जना महिला र ३ जना अन्य गरी एक सय २५ जना एचआईभी संक्रमित छन् ।
तुलसीपुरमा उपमहानगरपालिकामा ६१ पुरुष,४४ महिला र एक जना अन्य गरेर एक सय ६ जना,लमही नगरपालिकामा १६ जना पुरुष १३ जना महिला र २ जना अन्य गरेर ३१ जना,बबई गाउँपालिकामा १२ जना पुरुष र १७ जना महिला गरि २९ जना,बंगलाचुलीमा पुरुष १६ पुरुष र १० जना महिला गरि २६ जना, शान्तिनगर गाँउपालिकामा ८ जना पुरुष र ७ जना महिला
गरेर १५ जना,दंगीशरण गाँउपालिकामा ९ जना महिला र ४ जना पुरुष गरेर १३ जना,राजपुर गाँउपालिकामा १० जना पुरुष र ६ जना महिला गरेर १६ जना र गढवा गाँउपालिकामा महिला र पुरुष तिन तिन जना गरेर ६ जनामा एचआईभी संक्रमित रहेको कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षको ४ महिना मै ४० जना एच आई भी संक्रमित थपीएका छन् ।
हरेक बर्ष डिसेम्बर १ का दिन ३६औँ विश्व एड्स दिवस मनाईएको छ ।
नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *