दाङ,१७ मंसिर
अपाङगता भएका ब्यक्तिहरुले रोजगारी तथा नेतृत्वमा अवसर प्राप्त हुनुपर्नेमा जोड दिएका छन् । ३२ औ अन्तराष्ट्रिय अपाङगता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङले आईतबार तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेत्रहिन संघका रामबहादुर खडकाले अवसर दिन सरकार अझै तत्पर नभएको बताउनुभयो ।
राष्ट्रिय अपाङ महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगीले दाङमा मात्रै १२ हजार बढि बिभिन्न प्रकारका अपाङगता भएका ब्यक्तिहरुको भएको जानकारी दिनुभयो । यति धेरै संख्या भएपनि स्थानीय तहबाट अपाङगताको क्षेत्रमा योजना तथा कार्यक्रम बन्न नसकेको बताउनुभयो ।
कार्यक्रममा बबई गाँउपालिकाका अध्यक्ष कुलबहाुदर खत्रीले सार्वजनिक संरचना,सरकारी शौचालय निर्माणका सन्र्दभमा गाँउपालिमा अपाङगता मैत्री कानून बनाउन लागिएको बताउनुभयो । दंङगीशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरीले गाँउपालिकाका सार्वजनिक तथा सरकारी संरचना अपाङगता मैत्री बनेका र बन्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो ५ लाख बढि बजेट अपाङगता भएका ब्यक्तिहरुको सीप तथा शसक्तीकरणका लागि बिनियोजन गरिएको छ । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सचिव निर्मल नेपाली, केन्द्रिय सदस्य तुलसीराम सुनार,बरिष्ठ अधिबक्ता एवम शान्ति समाज दाङका संस्थापक सभापति डिल्लीराज धिताल,जेष्ठ नागरिक समाज लुम्बिनीका संयोजक खुमानन्द अधिकारी,नेपाल रेडक्रस सोसाईटी दाङका सदस्य सुष्मा भण्डारी,अपाङ समाज सुधार केन्द्रका अध्यक्ष ईश्वरी भण्डारी लगायतले अपाङगता भएका ब्यक्तिहरुको अधिकार सुनिश्चीता बारेमा जोड दिनुभएको थियो । शान्ति समाजका कार्यबाहक सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष यज्ञ बिकले अपाङगताको अत्रबस्था र अबसरका बारेमा तयार पारिएको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । समाजका सदस्य तिलसरा पुनले स्वागत मन्तब्य ब्यक्त गर्नुृभएको कार्यक्रमको सहजिकरण सचिव अमृत शर्माले गर्नुभएको थियो ।
३ डिसेम्वरको अवसरमा स्थानीय तह,बिभिन्न संघ संस्थाले कार्यक्रम गरि मनाएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *