चैत्र १५
राजधानी उपत्यकामा एकैदिन दुई ठूला जनप्रदर्शन हुँदैछन् । राजाबादी पक्षधर र गणतन्त्र पक्षधरले जनप्रदर्शन गर्न लागेका हुन । गणतन्त्र पक्षधरको भृकुटीमण्डपमा र राजाबादी पक्षधरको तीनकुनेमा जनप्रदर्शनको तयारी गरेका छन् ।
राजाबादी पक्षधरको नेतृत्व ब्यबसायी दुर्गा प्रसाईले गर्दै हुनुहुन्छ । भने गणतन्त्र पक्षधरमा नेकपा माओबादी,एकिकृत समाजबादी लगायतका दलहरु संयुक्त प्रदर्शन हो ।
प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति सर्वत्र चासो व्यक्त गरिएको छ । उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख बिचमा छलफल भएको छ ।
छलफलका क्रममा सुरक्षा अधिकारीले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको बताएको छ । यसैबिच र्राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोगले आग्रह गरेको छ । त्यस्तै साथै, उत्पन्न परिस्थितिको आकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकारप्रति संवेदनशील हुन सरकार र सुरक्षा अधिकारीलाई आयोगको आग्रह छ ।

