ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

तुलसीपुर,१३ चैत
दुब्यर्सनी न्यूनिकरण तथा नैतिक शिक्षा सम्बन्धि २ दिने तालिम तुलसीपुरमा शुरु गरिएको छ । तुलसी सामाजिक बिकासको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ को आयोजनामा टोल विकास संस्था र अभिभावकहरुलाई तालिम दिइएको वडा नम्वर ६ का कार्यालय सचिव मित्रलाल विकले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष दुजमान भण्डारी बर्षाले लागु औषध तथा लागु पदार्थ प्रयोगकर्ता बढदै गएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । स्थानीय सरकारले यसप्रकारका दुब्यर्सनी न्युनिकरण गर्न हरप्रयास गरिरहेको बताउनुभयो । समाजमा डरलाग्दो स्थीति बन्दै गएको छ, उहाँले भन्नुभयो । बेरोजगारीका कारण दुब्यर्सनीमा फस्न सक्ने संम्भावना बढि भएकाले रोजगारीका अवसरहरु खोल्नुपर्ने योजना तुलसीपुर उपमहानगरपालिकाले गरि रहेको बताउनुभयो ।
त्यस्तै, वडा सदस्य एवम न्यायीक समितिका सदस्य देवि पोख्रेलले लागु पदार्थ प्रयोगकर्ताका कारण समाज नैतिक चरित्रमा कम्जोर बन्दै गएको होकी भन्ने लागेको बताउनुभयो । उहाँले स्मरण गर्दै भन्नुभयो, स्थानीय तहको निर्वाचनको चुनावी नारा समेत लागु औषध न्यूनिकरण थियो ।
बिभिन्न टोल बिकास संस्थाका २५ बढि महिला र ७ पुरुष गरि झण्डै ३२ जनाको सहभागिता उक्त तालिममा रहेको छ । बुधबार समापन हुने तालिमको प्रशिक्षकमा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत, डिल्ली बस्नेत संगित,ईलाका प्रहरी कार्यालय र जनस्वास्थ्य प्रवद्धन महाशाखा प्रतिनिधि लगायत हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *