ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

२९ फागुन
रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।
यसैबीच होलीलाई मर्यादीत रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सुचना जारि गरि कोही कसैले यस्ता अमर्यादीत,उत्श्रंखल अवाञ्चित एवम गैरकानूनी कृयाकलाप गरेमा प्रचलित कानून बमोजिम कारबाही भईजाने जानकारी गराउनुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *