तुलसीपुर,२७ फागुण
नेतृत्व हात पार्न तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ३ समुह बिच प्रतिस्पर्धा हुदैछ । बर्तमान अध्यक्ष यमकान्त भण्डारीले नेतृत्व गर्नुभएको लोकतान्त्रिक समुह नेपाली काग्रेस, संस्थाका पूर्व सचिव मनोज लामिछाने नेतृत्वको समुह नेकपा एमाले र राप्रपा र वर्तमान उपाध्यक्ष सिताराम शर्मा र गठबन्धन समुह चुनावी मैदानमा उत्रिएका छन् ।
आगामी चैत २ गते हुने मतदानमा आफ्ना पक्षमा पार्न उम्मेदवारहरु घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । झण्डै ११ हजार उपभोक्ता रहेको तुलसीपुर खानेपानी संस्थामा लोकतान्त्रिक पक्षधरले बलियो अबस्थामा रहेको दावि गर्दै आएको छ । तर पनि मनोज लामिछाने र सिताराम शर्मा आचार्यको सक्रियतालाई सामान्य भन्न नमिल्ने केही उपभोक्ताहरुले बताउँछन् । निर्वाचन समितिले सोमबार चुनाव चिन्ह समेत उम्मेदवारलाई उपलब्ध गराएको छ ।
कसको कुन चुनाव चिन्ह
नेपाली काग्रेसको पक्षबाट लोकतान्त्रिक समुहका अध्यक्षका उम्मेदवार यमकान्त भण्डारीले घडी चुनाव चिन्ह प्राप्त गर्नुभएको छ ।
सोही समुहका उपाध्यक्ष नारायण प्रसाद शर्माले भाले, सचिव पदका उम्मेदवार रञ्जन कुमार गौतमले माछा र कोषाध्यक्ष पदका उम्मेदवार भोला थापाले पुतली चुनाव चिन्ह प्राप्त गर्नुभएको छ । त्यस्तै, सदस्य पदका उम्मेदवार प्रमोद कुमार योगी(शरद)ले चस्मा र बुद्धिराम चौधरीले कार चुनाव चिन्ह प्राप्त गर्नुभएको प्रचार प्रसार मुल समितिका संयोजक एवम नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३ का सभापति जगतबहादुर खड्काले जानकारी दिनुभयो ।
नेकपा एमाले र राप्रपाका संयुक्त अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले बाघ चुनाव चिन्ह प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मण के.सी.ले लालटिन,सचिव पदका उम्मेदवार भुवन भुषालले स्याउ र कोषाध्क्ष पदका उम्मेदवार सुशीला न्यौपानेले ताला चावी चुनाव चिन्ह प्राप्त गर्नुभएको छ । त्यस्तै, सदस्य पदका उम्मेदवार सुकण्ठ न्यौपाने(सुशील)ले खडकोण, सुशीला ओलीले बञ्चरो,छमा भण्डारीले घर र प्रमिला तिवारीले दियो(बत्ती) चिन्ह प्राप्त गर्नुभएको छ ।
नेकपा माओबादी केन्द्र र सातदलको साझा उम्मेदवार सिताराम शर्मा आचार्यले फुटवल चुनाव चिन्ह प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले तराजु,सचिव पदका उम्मेदवार रुद्र बहादुर वलीले अटो र कोषाध्यक्ष पदका उम्मेदवार कर्ण बहादुर ओलीले करुवा चुनाव चिन्ह प्राप्त गर्नुभएको छ । त्यस्तै, सदस्य पदका उम्मेदवार पदम बहादुर खड्काले खरायो, मन बहादुर ओलीले कमलको फुल,प्रेम कवरले ट्याक्टर,कमला चौधरीले कुकर,मनिषा शेपाईलीले बल्ब र डिला परियारले मादल चुनाव चिन्ह प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक प्रदीप कुमार धितालले जानकारी दिनुभयो ।
मतदानको समय
३ बर्षे कार्यकालका ९ सदस्यीय कार्यसमितिलाई मतदानका लागि चैत २ गते बिहान ७ बजेदेखि अपरान्ह् ४ बजे सम्म समय निर्धारण गरिएको छ । निर्वाचन समितिका संयोजक धितालका अनुसार खानेपानी संस्थाको मतदानमा १० हजार ९ सय १९ जनाले भाग लिन पाउने छन् ।
तुलसीपुर खानेपानीको नेतृत्व हात पार्न तीन दल बिच प्रतिस्पर्धा

