ब्रेकिङ न्युज
Sun. May 31st, 2026

दाङ,११ मंसिर
तुलसीपुर उपमहानगरपालिकाले बालबालिका र किशोर किशोरीलाई नेतृत्व विकास तालिम दिन शुरु गरेको छ । पालिकाका १९ वटै वडाका १४ बर्षदेखि माथि २० बर्ष मुनिका बालबालिका तथा किशोर किशोरीलाई बाल अधिकार र नेतृत्व विकास तालिम दिन शुरु गरेको उपप्रमुख श्यानी चौधरीले जानकारी दिनुभयो ।
तुलसीपुर नगर संजालको समन्वयमा प्रत्येक वडाका ४० बढी बालबालिका र किशोर किशोरीलाई तालिम दिन शुरु गरिएको हो ।
नेपालमा बालबालिकाको अधिकारका लागि बनेका नीति नियम र अन्तराष्ट्रिय स्तरमा निर्माण गरिएका अन्तराष्ट्रिय सन्धि सम्झौता लगायतका बिषयमा ३ दिन सम्म प्रशिक्षण दिईएको प्रशिक्षक निर्मल नेपालीले जानकारी दिनुभयो ।
तालिम निकै उपयोगी भएको भन्दै वडा सञ्जालकी संयोजक चन्द्रीका बिकले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ मा आईतबार र यसअघि वडा नम्वर १ र २ मा यस्तै किसीमको तालिम सम्पन्न भएका थिए ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *