ब्रेकिङ न्युज
Sun. May 31st, 2026

३० कार्तिक

सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोके पनि त्यो मूल्य अनुसार किसानको धान खरिद भइरहेको छैन ।
सरकारले मोटा धान प्रतिक्वीन्टल तीन हजार एक सय ९८ रूपैयाँ र मध्यम धान प्रतिक्वीन्टल तीन हजार तीन सय ६२ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।
गत आर्थिक वर्ष २०७९÷८० मा मोटा धान प्रतिक्वीन्टल दुई हजार नौ सय ६७ रुपैयाँ र मध्यम धान प्रतिक्वीन्टल तीन हजार एक सय २८ रुपैयाँ कायम गरिएको छ ।
गत वर्षको तुलनामा सरकारले धानको मूल्य केही बढाए पनि किसानले बढेको मूल्यमा धान बिक्री गर्न पाएका छैनन् । स्थानीय गल्ला व्यवसायीले किसानबाट मोटा धान प्रतिक्वीन्टल दुई हजार छ सय रुपैयाँ र मसिनो धान तीन हजार एक सय रुपैयाँ प्रतिक्वीन्टल खरिद गरिरहेका छन् ।

गत वर्ष व्यवसायीले मोटा धान प्रतिक्वीन्टल दुई हजार चार सय रुपैयाँ प्रतिक्वीन्टल र मसिनो धान दुई हजार आठ सय रुपैयाँ प्रतिक्वीन्टलको दरले खरिद गरेका थिए । तर किसानसम्म सरकारले तोकेको धानको समर्थन मूल्य पुगेको छैन ।
धान खरिद गर्ने बिचौलियाहरुले किसानबाट सस्तो मुल्यमा धान खरिद गरिरहेका छन् । जिल्लाको देउखुरी क्षेत्रका किसानले धान भिœयाए सँगै बिक्री गर्न थालेका हुन् ।

क्षेत्रफल घट्दा, उत्पादन पनि घट्दै

दाङ जिल्लामा यस वर्ष ९५ प्रतिशत धान रोपाइँ भएको थियो । गत वर्षको तुलनामा एक हजार आठ सय ८० हेक्टर क्षेत्रफल धान खेती हुने जग्गा घटेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष ३७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने यस वर्ष ३५ हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा मात्रै धान खेती भएको थियो । धान खेतीको क्षेत्रफल घट्दा समग्र उत्पादनमा असर पर्ने देखिएको छ ।
धानको उत्पादकत्व यस वर्ष पाँच प्रतिशतले बढ्ने प्रक्षेपण गरिए पनि समग्र धान उत्पादन भने घट्ने देखिएको हो । गत वर्ष एक लाख ५२ हजार दुई सय ३३ दशमलव ५ मेट्रिकन धान उत्पादन भएको थियो । यस वर्ष एक लाख ५१ हजार छ सय ६१ मेट्रिकटन धान उत्पादन हुने प्रक्षेपण गरिएको कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।
‘यस वर्ष रोपाइँ केही ढिला भए पनि उत्पादकत्व बढेको छ तर खेती हुने क्षेत्रफल घट्दा समग्र धानको उत्पादन घट्ने देखिन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *