जनप्रतिनिधि तथा समुहका सदस्यहरुका लागि नेतृत्व बिकास तालिम

By Sushil basnet १२ मंसिर २०८१, बुधबार ००:११ १२ मंसिर २०८१, बुधबार ००:११ १२ मंसिर २०८१, बुधबार ००:११

सुशील बस्नेत
हापुरे,दाङ,१२ मंसिर
दलित महिला जनप्रतिनिधि तथा समुह सदस्यहरुलाई ववई गाँउपालिकामा नेतृत्व बिकास तालिम मंगलबारदेखि शुरु गरिएको छ ।
उक्त गाँउपालिकाका कार्यपालिका र वडा सदस्य तथा दलित सेवा संघले गठन गरेका बिभिन्न वडाका समुह सदस्यहरुलाई नेतृत्व बिकासमा क्षमता अभिबृद्धि गर्ने उदेश्यले हापुरेमा तालिमको आयोजना गरिएको दलित संघका छबि परियारले जानकारी दिनुभयो ।
तालिममा राज्यको मुुलप्रबाहिकरणमा अल्पसंख्यक तथा सिमान्कृत समुदायको पहँच,समाबेशीताको सिद्धान्तका लागि संबैधानिक ब्यबस्था, राज्यका बिभिन्न निकायमा दलित,महिला,जेष्ठ नागरिक,अपाङगता भएका ब्यक्ति,बालबालिका,आदिबासी,जनजाति यौनिक तथा अल्पसंख्यक समुदायको सहभागिताको सिद्धान्त र आधार,योजना निर्माण प्रक्रिया र त्यसमा सहभागिता लगायतका बिषयमा प्रशिक्षण दिईएको प्रशिक्षक सुशील बस्नेतले जानकारी दिनुभयो । २५ जना महिलाहरुको सहभागिता रहेको तालिम हिजो मंगलबार देखि शुरु भएको थियो भने आज बुधबार सकिने छ ।
नेपाल दलित संघको आयोजना, ववई गाँउपालिकाको समन्वय र बिकास कोष नर्वेको सहयोगमा शुरु गरिएको तालिमको प्रशिक्षकमा अधिकारकर्मी सुशील बस्नेत र निर्मल नेपाली हुनुहुन्छ ।
१६ दिने अभियानमा एक्यबद्धता जनाउदै सबैजनाले हामी हिंसा गर्दैनौ, गर्न पनि दिदैनौ भन्ने ब्यानरमा हस्ताक्षर समेत गरेका थिए ।
‘हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा समेत सोमबार सुरु भएको छ ।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।
यस्तै, अन्तर्राष्ट्रिय नारा भने बेइजिङ घोषणापत्र र कार्यान्वयनको ३० वर्ष महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ भन्ने रहेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *