कार्तिक ७ दाङ
लुम्बिनी प्रदेशको मन्त्री परिषद बिस्तार गरिदैछ | हालको मन्त्री परिषदमा ३ नयाँ मन्त्री थपिने भएका छन् |
मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गर्नुभएको पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले जानकारी दिनुभयो । सीफारीस भएका नयाँ मन्त्रीहरु नेपाली काग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, काग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिएपनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ । रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे लुम्बिनी प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ । नेपाली काग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बन्नु भएका आचार्यले सरकारलाई पुर्णता दिन नसकेको भनेर बिरोध भैरहेका बेला सरकारलाई पुर्णता दिनेगरी मन्त्री थप्न लाग्नु भएको हो ।