बुटवल,२२ पुस
लुम्बिनी प्रदेशको बजेट तथा योजना निर्माण प्रक्रियामा नीतिगत रुपमा ब्यबस्था गरी प्रदेशसभा सदस्यहरुलाई सहभागि गराउने प्रतिबद्धता जनाएको छ । लुम्बिनी प्रदेश सभाका महिला सदस्यहरुले बजेट तथा योजना निर्माण प्रक्रियामा सहभागि नगराएको भन्दै गुनासो गर्दै आएका छन् ।
सोमबार बुटवलमा दलित महिला महासंघ नेपालको आयोजना तथा द एशिया फाण्डेसनको आर्थिक सहयोगमा आयोजित अन्तर संवादमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले नीतिमा स्पष्ट ब्यबस्था नहुदा योजना तर्जुमा प्रक्रियामा प्रदेश सभासदस्यहरुको सहभागिता नदेखिएको बताउनुभयो । तर नीति निर्माणको भूमिका पाउनुभएका प्रदेश सभासदस्यहरुले बजेट तथा योजना छनौट प्रक्रियामा भूमिका खोज्नु अन्त्यराष्ट्रिय अभ्यासमा भने नभएको सुनाउनुभयो ।
प्रदेशसभासदस्यहरु सक्रिय नहुदा नीति निर्माण र कार्यान्वयनमा ढिलाई हुदै गएको उहाँको भनाई छ । मीनि प्रदेससभाको रुपमा रहेको बिषयगत समितिमा ब्यापक छलफल बैठक हुनुपर्छ, त्यो देखिएन , अव बैठक बसि प्रतिबेदन बुझाउन समेत आग्रह गर्नुभयो । प्रदेशको श्रोत बढाउन पनि खोजि गर्नुपर्ने उहाँको सुझाब छ ।
भौतिक पूर्वाधार बिकास समितिका सभापति राजमी प्रसाद घिमिरेले आफुले नेतृत्व गरेको समितिले नीतिगत सुधारका लागि माननीय बिरबहादुर रानाको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो । जिल्लाका निर्वाचन क्षेत्रबाटै सुझाब संकलन गरिनेछ,उहाँले भन्नुभयो । बिभिन्न तह र चरणबाट आएको सुझाबको आधारमा सहभागितामुलक नीति निर्माण गरिनेछ,घिमिरेले बताउनुभयो ।
झण्डै २० जना महिला सभासदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नीति निर्माण भन्दा बढि बजेटमा पहँच हुन नसकेको गुनासो गर्नुभएको थियो ।
सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि नबिन श्रेष्ठ र भौतिक पूर्वाधार बिकास मन्त्रालयका प्रतिनिधि गोपाल खनालले बजेट तथा योजना तर्जुमा प्रक्रियाको र गरिएका राम्रा अभ्यासका बारेमा प्रस्तीकरण गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य दलित महिला महासंघ नेपालका मिना परियारले, उदेश्यमाथि प्रकास सोही संस्थाका कार्यक्रम संयोजक मासुम अधिकारी र सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।
बजेट निर्माण प्रक्रियामा प्रदेशसभासदस्यलाई सहभागि हुने गरि नीति बनाउनुपर्ने ः सभासद

