रुकुम पूर्व,भाद्र ६
सडक मर्मतमा बेवास्ता गरिएको भन्दै रुकुम पूर्वमा यातायात ब्यबसायीहरु आन्दोलनमा उत्रिएका छन् । जिल्ला आवागमन हुने मुख्यसडक मर्मत गर्न सरोकारवालाले ध्यान नदिएको भन्दै यातायात व्यावसायीहरूले यातायात बन्द गरेर प्रशासन कार्यालय घेराउ गरेका हुन् । कार्यालयको मूलगेट अगाडि सवारी साधन रोकी उनीहरु विरोधमा उत्रिएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्व–पश्चिम खण्डका विभिन्न स्थानमा पहिरो झर्ने तर मर्मतका लागिकसैले ध्यान नदिएका कारण यस्तो गर्नुपरेको रुकुमकोट यातायात प्रालिका अध्यक्ष लक्ष्मण घर्तीले जानकारी दिनुभयो ।
यो आफूहरुको सांकेतिक विरोध भएको भन्दै अध्यक्ष घर्तीले भन्नुभयो,‘सडक मर्मत र सुधारका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायमा दबाब पुगोस् भनेर यसप्रकारको विरोध गर्न बाध्य भएका हौं ।’

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *