सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ |
प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३६ मत परेको थियो । उहाको विपक्षमा आठ मत परेको थियो भने एक जना सांसद तटस्थ बसे। बैठकमा ४५ सांसद उपस्थित थिए।
मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११ र नागरिक उन्मुक्ति पार्टीका सात सांसदले मत दिए। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदले विपक्षमा मतदान गरे।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री शाहले छिट्टै आर्थिक ऐन ल्याउने बताउनुभयो । यसअघिको सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने उहाको भनाइ थियो।

