प्रधानाध्यपकको गोली हानि हत्या

By Sushil Basnet १३ कार्तिक २०८०, सोमबार १०:४२ १३ कार्तिक २०८०, सोमबार १०:४२ १३ कार्तिक २०८०, सोमबार १०:४२

बारा जिल्लाको कलैया स्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सराफको अज्ञात समुहले हानेको गोली लागेर मृत्यु भएको छ ।

मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सराफमाथि दुई राउन्ड गोली प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गोली लागेका सराफको वीरगञ्जमा रहेको बयोदा सिटी अस्पतालमा पु¥याएको केहीबेरमै ज्यान गएको हो।

उहाँको घाँटी र छातीमा गोली लागेको अस्पतालले जनाएको छ। बजार क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेकै बेला सराफमाथि गोली प्रहार भएको हो । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *