उपचारका क्रममा फरार कैदी २ घण्टामा पक्राउ

By Sushil Basnet १३ कार्तिक २०८०, सोमबार ०६:५२ १३ कार्तिक २०८०, सोमबार ०६:५२ १३ कार्तिक २०८०, सोमबार ०६:५२

दाङ,१३ कार्तिक
उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट फरार भए कैदीलाई दुईघण्टामै पक्राउ गर्न सफल भएको छ ।
मोबाइल चोरेको भन्दै तीन दिनअघि प्रहरीले पक्राउ गरेका दाङ घोराहीका विवेक नेपाली स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला भागेको प्रहरीले जनाएको थियो । प्रतिष्ठानमा उपचार गर्न लगिएका नेपालीको शौच जाने भनिएपछि खोलिदिएको थियो । सो मौका छोपी भागे नेपालीलाई नियन्त्रणमा लिन प्रहरीले तत्काल खोजी कार्य तिब्र पारेको थियो । नेपालीलाई तत्काल नियन्त्रण लिन जिल्ला प्रहरी कार्यालयका डिएसपी जनक मल्लको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।
नेपालीलाई मोबाइल चोरेको अभियोगमा तीन दिनअघि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *