बुद्ध भूमि लुम्बिनीबाट महासचिब गुटेरेसको शान्तिको आह्वान

By Sushil Basnet १४ कार्तिक २०८०, मंगलवार ०९:५६ १४ कार्तिक २०८०, मंगलवार ०९:५६ १४ कार्तिक २०८०, मंगलवार ०९:५६

१४ कात्तिक

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउनुभयो । लुम्बिनीमा उहालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्नुभएको छ ।
महासचिव गुटेरेसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वुद्धको प्रतिमा उपहार दिनुभएको हो ।
लुम्बिनीमा आफ्नो स्वागतमा आयोजित कार्यक्रममा महासचिव गुटेरेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले सम्बोधन गर्नुभएको थियो । लुम्बिनी विकास कोषका अधिकारीहरुले महासचिव गुटेरसलाई लुम्बिनीका विभिन्न स्थलको अवलोकन गराउनुभएको छ ।
सो अवसरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा लुम्बिनीमा वृक्षरोपण पनि गर्नुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *