दाङ, साउन 

दाङको लमहीमा लागु औषध(ब्राउन सुगर) सहित ४ जना पक्राउ परेका छन |गयराती अन्दाजी साढे नौ बजे तिरको समयमा लमही नगरपालिका वडा ५ मालपोत रोडमा लागु औषध(ब्राउन सुगर)को कारोबार भै-रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली उक्त स्थानमा खटिगई हेर्दा शंकास्पद रुपमा झुण्ड भई बसिरहेका अबस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ | लमही नगरपालिका वडा नं. ०५ न्यूरोड बस्ने बर्ष २२ को रवि रसाईली, सोहि ठाउको  गोरक्षरोड बस्ने बर्ष २५ को आकाश रोका मगर, गढवा गाउ-पालिका वडा नं. ६ कोईलावास बस्ने बर्ष ३६ को अब्दुल जम्बार रङरेज र 

 भारत उत्तर प्रदेश बलारामपुर जिल्ला तुल्सीपुर ग्राम पन्चायत बालपुर स्थायी घरभई हाल जिल्ला दाङ लमही नगरपालिका वडा नं. ५ आदर्श टोलमा डेराकोठा गरी बस्ने बर्ष २२ को गुलाम मुस्ताफा लागुऔषध ब्राउन सुगर सहित प्रौ परका हुन् | 

उनीहरो साथ बाट धागोले बाधि बनाएको पुडिया -१ र कालो प्लाष्टिकमा बनाएको पुडिया-१ गरी जम्मा पुडिया २( दुई) लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङ्गको धुलो पदार्थ फेला पारी प्लाष्टिक सहित तौल गर्दा प्लाष्टिक ३८० मिलिग्राम  र प्लाष्टिक हटाई धुलो पदार्थको मात्रा तौल १२० मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङ्गको धुलो पदार्थ फेला परेको हो | पक्राउ परेका चारै जना लाई हिरासतमा राखी अनुसन्धानका लागि जिल्ला अदालत दाङबाट १० दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जीला प्रहरी कार्यालय दाङका प्रबक्ता राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो | 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *