लुम्बिनीका मुख्यमन्त्रीको सम्पर्क कार्यालय बुटवलमा पूर्न संचालनमा

१९ साउन, बुटवल ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलबाट हटाइएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याउनुभएको छ ।तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि २०७४ सालबाट सो भवनमा मुख्यमन्त्रीको निवास थियो । प्रदेश राजधानी दाङको देउखुरी उपत्यका सरेपछि उक्त निवासलाई सम्पर्क कार्यालय बनाइएको थियो ।
बुटवल मिलनचोकको सडक विभाग परिसरमा रहेको आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाउनुभएको थियो । महराले बुटवलमा महंगो भाडा तिरेर सम्पर्क कार्यालय राख्न आवश्यक नभएको भन्दै हटाउनुभएको हो ।
बुटवलमा प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार मातहतका निर्देशनालय सहित अन्य धेरै सरकारी कार्यालय पनि बुटवलमै रहेकाले सम्पर्क कार्यालय आवश्यक भएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले आफू हरेक शुक्रबार बुटवलमा आउने र आइतबार बिहानसम्म बस्ने बताउनुभयो । अर्घाखाँचीका बासिन्दा मुख्यमन्त्ती आचार्यको बुटवल बेलबासमा पनि घर छ । सम्पर्क कार्यालयमा एक जना सचिवालयका कर्मचारी राखिने छ ।
बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने तर्क गर्दै सम्पर्क कार्यालयका लागि सानो इकाइको व्यवस्था गरिएको सरकारका प्रवक्ता मन्त्री दिनेश पन्थीले बताउनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *