लुम्बिनीमा बिना बिभागिय मन्त्रीहरुलाई जिम्मेवारी तोकिदै,संघीय संरकारको पूर्णता

दाङ,१८ साउन

गत साउन १८ गते बिना बिभागिय मन्त्री नियुक्त भएका लुम्विनी प्रदेशका मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड भएको छ ।
विना विभागिय मन्त्रिहरुले जिम्मेवारी वाडफाड गर्ने विषयमा काग्रेस र एमालेको सहमति भएको बुझिएको हो । नेकपा एमालेबाट मन्त्री बन्नुभएका भुमेश्वर ढकाललाई भौतिक पुर्वाधार मन्त्रालयको,सिता चौधरीलाई उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय,दिनेश पन्थि कृषि तथा भुमि तथा सहकारी मन्त्रालय र खेम सारु मगरलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको हो । यस्तै, काग्रेसबाट अर्थमन्त्रालयको जिम्मेवारी धर्मेन्द्र कार्की,प्रचण्ड विक्रम न्यौपाने गुन्टुलाई उद्योग पर्यटन तथा यातायात मन्त्रालय,सरोज थापा लाई शहरी विकास मन्त्रालय,बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने सहमती भएको छ ।
उता एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा तीन राज्यमन्त्री नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । उहाले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *