बुटवल, श्रावण ९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनियताको शपथ लिएसँगै नौ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको छ |
नव नियुक्त सबै मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ खाएका छन् । नवनियुक्त आठै जना मन्त्री विना विभागिय हुन् । नवनियुक्त मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिइएको छैन ।
नवनियुक्त मन्त्रीमा भूमिश्वर ढकाल, ,दिनेश पन्थी, बादशाह कुर्मी,धनेश्वर कार्की, सरोज थापा,प्रचण्ड विक्रम न्यौपाने, खेम बहादुर सारु र सीता शर्मा चौधरी हुनुहुन्छ |
आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गराउनु भएको थियो | आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसका ५६ सांसदको समर्थन छ । यहाँ ८७ सदस्यीय प्रदेश सभा छ । अर्घाखाँचीबाट निर्वाचित आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री बन्नुभएको थियो ।

