दाङ, ७ साउन । 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गर्नुभएको छ | 

एमालेका २९ र काङ्ग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गर्नुभएको हो । 

दाबी पत्र बुझदै प्रदेश प्रमुख शेरचनले सबै प्रक्रिया पुर्याएर आयेकाले आजै मुख्यमन्त्री नियुक्त गर्ने बताउनुभयो । मुख्यमन्त्री बन्न लागेका आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ को १ बाट निर्वाचित हुनुहुन्छ । आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्थ्यो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *