सुशील बस्नेत
तुलसीपुर,६ साउन
अपाङ्गता भएका ब्यक्तिहरुलाई रोजगारीको अवसरका लागि तुलसीपुरमा अभिमुखि कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिको सिप र क्षमता अनुसार उनीहरलाई रोजगारीको अवसर प्रदान गर्ने बारेमा कार्यक्रम भएको कार्यक्रमका आर्थिक सशक्तिकरणका बरिष्ठ सहजकर्ता देवा डाँगीले जानकारी दिनुभयो ।
अपाङ्गगता भएका ब्यक्तिहरुको रुची,क्षमताको आधारमा बिभिन्न किसीमको तालिम प्रदान गरि उनीहरुको क्षमताको विकास गरिएको डाँगीले बताउनुभयो ।
अपाङ्ग सशक्तिकरण तथा संचार अभियान डेक संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा सभहागिहरुले आ आफ्नो क्षेत्रबाट अपाङ्गता भएका ब्यक्तिहरुका लागि रोजगारीको अवसरको वातावरण मिलाउने प्रतिबद्धता जनाएका छन् ।
दाङ्गको तुलसीपुर र दङ्गिशरण गाँउपालका र बाँकेको नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाँउपालिकाका अपाङ्गगता भएका ब्यक्तिहरुले समावेशी, दिगो र उत्थानशील जिविकोपार्जन कार्यक्रमबाट पहुँचयोग्य र समावेशी रोजगारदाता,वित्तीय संस्थाहरु,प्राविधिक र ब्यबसायिक शिक्षा र तालिम प्रदायकहरु र स्थानीय वजारको माध्यमबाट आम्दानीको श्रोतमा २० प्रतिसत बृद्धि भएको हुने कार्यक्रम उदेश्य राखिएको डेक नेपालका प्रतिनिधि जीवन गिरीले बताउनुभयो ।
उक्त कार्यक्रममा समावेशी कार्यस्थल कसरी बनाउन सकिन्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।
त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु, वडा सदस्य,न्यायीक समितिका सदस्य,संचारसंस्थाका सञ्चालनक,मानव अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *