देउखुरी, ६ साउन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिनुभएको छ | 

आईतबार प्रदेशसभाको चौथो अधिवेशनको २४ औं बैठकलाई सम्बोधन  गरेर मुख्यमन्त्री महराले राजिनामा दिनुभएको हो | 

यस अघि मुख्यमन्त्री महराले राजिनमा नदिने बरू बिश्वासको  मत लिने बताउनुभएको थियो | तर अन्तिम अवस्था आएर मुख्यमन्त्री महराले राजिनामा दिनुभएको हो | 

 यता प्रदेशसभा सचिवालयले साउन ५ गते प्रदेशसभाको बैठक र सम्भावित कार्यसुचि सार्वजनिक गर्दै विश्वासको मत सम्बन्धी सुचना प्रकाशन गरेको थियो | 

तर मुख्यमन्त्री महराले विश्वासको मत नपाउने भएपछि सभालाई सम्बोधन  गरेर राजिनामा दिनुभएको हो | 

केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने संबैधानिक व्यवस्था छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

मुख्यमन्त्री महराले राजिनामा दिए संगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ ।

लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्ने छ । एमाले २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पुरयाउन सहज देखिएको हो । तर प्रदेशसभामा रहेका साना दललाई समेत समेटेर नयाँ सरकार बनाउने तयारी रहेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिनुभयो । काँग्रेस-एमाले सरकारमा अधिकांश साना दलहरूले पनि समर्थन जनाएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *