सुशील बस्नेत

तुलसीपुर,५ साउन
बबई गाँउपालिका वडा नम्वर ७ मलैमा बिद्युतको तार चुडिएर भईमा लत्रीयको १ महिना पुग्यो । बिद्युत प्राधिकरणले तारलाई मर्मत गर्नुपर्ने हो, तर सडक सुबिधा नहुदा जान नसक्ने भनेको छ । बिद्युतको करेन्ट सहितको मुख्य पोलको तार भूईमा लत्रीदा आसपासको माटो समेत जलेको छ, पातपतिङ्गर पनि जलेका छन्,स्थानीय नोखिराम बस्नेतले त्रसिद हुदै भन्नुभयो ।
कुनैपनि बेला मानिसहरु त्यसमा पर्न सक्छन्, तत्काल मर्मतका लागि बिद्युत प्राधिकरण तुलसीपुरमा जानकारी गरायौं, बर्षाको समयमा जान नसकिने जवाफ दिएको छ, बस्नेतले भन्नुभयो । बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्रमा पर्ने मलै र जलजलामा गरि ३ सय घरधुर रहेको छ । सानो उपत्यका रहेको मलै र जलजल क्षेत्रमा निकुञ्जका बन्यजन्तु पनि त्यति आउने गर्दछन्, ती जनावर समेत चुडिएको उक्त बिद्युतको तारमा धरापका रुपमा पर्न सक्ने स्थानीयहरुले आशंका गरेका छन् । गत असारको पहिलो साता बिद्युत पोलमा तार सर्ट हुदै जादा करेन्ट सहितको तार भुईमा खसेको स्थानीयले बताएका छन् । स्थानीयबासीले बबई गाँउपालिकाका प्रमुख र ७ नम्वरका वडा अध्यक्षलाई बिद्युत प्राधिकरणसँग हार गुहार गरिदिन आग्रह गरे तर त्यहाबाट पनि सडक सुबिधा नहुदा प्राबिधिक टोली जान नसक्ने जबाफ पाएको भनाई छ । करेन्ट सहितको बिद्युत तार भईमा छरपस्ट हुदा समेत राज्यले बेवास्ता गर्नुभनेकै मध्यवर्ती क्षेत्रका बासिन्दा प्रति गैर जिम्मेवार भएको अधिकारकर्मीहरुले बताउँछन् । कुनै पनि बहाना नगराई तत्काल नागरिकहरुको त्रासपूर्ण अबस्थाको समाधान गर्नुपर्ने अधिकारकर्मी तुलसीराम सुनारले बताउनुभयो । मौसमी सडकका कारण त्यहाका बासिन्दाहरुले सास्ती भोग्दै आईरहेका छन् । बर्षा सुरु भएदेखि सडक अवरुद्ध हुने गर्दछ । अव सडक सञ्चालन हुने भनेको दशै तिहारको समयमा मर्मत पछि मात्र हो स्थानीय पत्रकार प्रेम पुनले बताउनुभयो ।
२०६७ सालमा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मन्त्रीपरिषद् बैठकले दाङ्ग,बाँके र सल्यानको ५५० वर्ग किलो मिटर क्षेत्र समेटी नेपालको १०औ राष्ट्रिय निकुञ्जको रुपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो । यस निकुञ्जको पुर्वी सिमाना शिवखोला,पश्चिम कोहलपुर सुर्खेत राजमार्ग,उत्तर चुरे पर्वत र दक्षिण पुर्व पश्चिम राजमार्ग रहेको छ । त्यस अन्तर्गत मध्यवर्ती क्षेत्र भित्र मलै र जलजला क्षेत्र पर्दछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *