दाङ, २ साउन 

FB_IMG_1721121090662.jpeg

मुलुकभरबाट छनोट गरिएका ८ हजार भन्दा धेरै मावि मध्ये ज्ञानज्योति उत्कृष्ट ७ औं स्थानमा पर्न सफल भएको छ । भौतिकपुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयलाई आधार बनाएर छनौट गर्दा ज्ञानज्योति मावि उत्कृष्ट ७ मा परेको हो ।

छनौट प्रक्रियामा सम्पूर्ण माविहरुमध्ये लगातार पछिल्ला दुई वर्षमा ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी गराउने मावि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, बोर्डबाट पाएको उत्कृष्ट माविको पुरस्कार, कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष र पिपुल्स पर्सेप्सनलाई अब्बल मावि छनोटका आधार बनाइएको छ।
जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४/४ प्रतिशत अंक निर्धारण गरिएको थियो । ती सबै जोडेर कूल अंकका आधारमा अब्बल माविको सूची तयार पारिएको हो । जसमा ज्ञानज्योतिले ७ औं स्थान हासिल गर्न सफल भएको छ । यो नतिजा एजुकेसन समाचार काठमाडौंले तयार पारेको हो ।

दाङको तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कुल । लुम्बिनी प्रदेशमा निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञानज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसीले बताउनुभयो ।
अत्याधुनिक सुविधा सम्पन्न भौतिक पूर्वाधार, पढाइमैत्री वातावरण, सुविधा सम्पन्न यातायातको व्यवस्था, आधुनिक ल्याब तथा लाइब्रेरी विद्यालयका थप विशेषता हुन् ।

ज्ञान ज्योतिलाई स्थापनाको दोस्रो वर्ष २०६७ सालमै शिक्षामन्त्रालयले उत्कृष्ट माविको उपाधिसहित पुरस्कार समेत प्रदान गरिसकेको छ । यो मावि गुणस्तरीय र आत्मनिर्भर शिक्षा प्रदान गर्ने तथा पढ्ने इच्छा तथा क्षमता भएका कुनै पनि विद्यार्थी आर्थिक अभावको कारणले पढाइबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रमुख उद्देश्यसहित २०६५ सालमा स्थापना भएको प्रधानाध्यापक जि सी ले बताउनुभयो ।हामी

विद्यालय हालसम्म उत्कृष्ट विद्यालय पुरस्कार २०६९, २०७०, २०७१, २०७२, २०७३, २०७४ र २०७५ मा निरन्त सम्मानित हुनुका साथै २०७९ सालमा देशकै उत्कृष्ट १५ माविमा छनोट भएको थियो सहायक प्रधानाध्यापक मनोज कुमार के सी ले बताउनुभयो । उहाका अनुसार त्यस्को १ बर्ष पछि १ दशकै उत्कृष्ट १० औ मावि. मा छनोट भएकोथियो भनेअहिले उत्कृष्ट ७ औ स्थान हासिल गर्न सफल भएको छ ।विभिन्न संघ संस्थाबाट पनि विभिन्न समयमा सम्मानित हुँदै आएको छ । यो सिङ्गो ज्ञानज्योति परिवारको लागि गर्वको कुरा हो । ज्ञान ज्योतिको यो सफतामा योगदान दिनुहुने सम्पूर्ण शिक्षक÷शिक्षिकाहरु, विद्यार्थी, अभिभावकहरु, कर्मचारीहरु र सम्पुर्ण शुभचिन्तकहरु प्रति विद्यालय परिवारले हार्दिक आभार प्रकट गर्दै भबिष्यमा पनि सहयोगको अपेक्षा गरेको सहायक प्रधानाध्यापक मनोजकुमार के सी को भनाइ छ ।

यस विद्यालयले हालसम्म थुप्रै दलित, जनजाति, विपन्नवर्ग जेहन्दार तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको र विभिन्न समयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित पनि हुँदै आएको विद्यालयका शैक्षिक संयोजक शरद गौतमले बताए ।

कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आएको माविले भविष्यका शैक्षिक योजना अन्तर्गत विद्यार्थी भर्ना २०८१ लाई उत्साहपूर्ण बनाउने तथा स्नातक तहमा बिबिएस्, बिएस्सी, बिए र बिसीए अध्यापनमा विशेष जोड दिने तयारी गरिरहेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *