दैनिक चलाउन बोट समुदायलाई मुस्कील

By Sushil Basnet ८ कार्तिक २०८०, बुधबार ०१:३३ ८ कार्तिक २०८०, बुधबार ०१:३३ ८ कार्तिक २०८०, बुधबार ०१:३३

८ कार्तिक

सिमांकृत समुदाय बोटे देशका बिभिन्न स्थानमा बस्दै आएका छन् । यो समुदाय अझै पनि राज्यको मुलप्रबाहीकरणमा आउन सकेको छैन । राज्यको प्रभाबकारी सेवा सुबिधा लिनबाट बञ्चितिकरणमा परेका बोटेलाई ठुला चाडपर्व आए गएको खासै वास्ता हुदैन । मिठो मसिनो खानका लागि दैनिक काम काज गर्ने पर्छ । लुम्बिनी प्रदेशको पाल्पाको बगनसकालीको दर्पुक, मचेटा, दैलातुङ्ग, तानसेनको छेर्लुङ्ग, रम्भाको अर्सेदी, लगायतका स्थानमा बोटे माझीको समुदायको बसोबास छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पाल्पाका ५७८ बोटे तथा ३४५ माझी समुदायको जनसंख्या छ । यीमध्ये ५० प्रतिशतभन्दा बढीलाई अहिले पर्व मनाउनका लागि हम्मेहम्मे रहेको उनीहरु बताउँछन् ।

यी समुदायका मानिसहरु नदी किनारमा माछा मारेर परिवारको गर्जो टार्ने गर्दछन् । तर, पछिल्लो समय माछा मारेर गुजारा नचल्ने र अन्य सीप कम भएकाहरुले ज्याला मजदुरी गरेर दैनिक छाक टार्ने गर्दै आएका छन् । कतिपय घर खर्च चलाउन काम खोज्दै भारतका विभिन्न स्थानमा जाने गरेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *