नेपालले जित्यो यू १९ प्रिमियर कपको उपाधि

By Sushil Basnet ८ कार्तिक २०८०, बुधबार ०१:१९ ८ कार्तिक २०८०, बुधबार ०१:१९ ८ कार्तिक २०८०, बुधबार ०१:१९

७ कात्तिक
क्रिकेटमा नेपालले ऐतिहासिक खेल प्रदर्शन गर्दै आएको छ । बिश्वसामु शिर ठाडो गराउने क्रिकेट खेलबाट पछिल्लो पटक थप योगदान पग्दै गएको छ । मंगलबार नेपालले यूएईलाई १९ रनले हराउँदै यू(१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६।५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सक्नु भएन् ।
नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामी एक विकेट लिनुभयो ।यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।

नेपालको सुरुआत भने खराब थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेल्नुभयो । उहाले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गर्नुभयो। २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका खनाल शतक बनाएर आउट हुनुभयो । उहाले ९० बलमा शतक रन पूरा गर्नुभएको थियो। थप दुई बल सामाना गरेका उनी १०० रनमै आउट हुनुभयो ।

उत्तमले पनि अर्धशतकपूपुरा गर्नुभयो। पाँचौं विकेटका लागि दिपकप्रसाद डुम्रेसँग ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट हुनुभयो। यूएईका हरित शेट्टीले पाँ विकेट लिनुभयो।

यूएईको पारीमा भने वर्षा भयो । २ ओभरमै वर्षा भएपछि प्रभावित भएको खेल केही समयमा पुनस् सुरु भयो । तर, फेरि ११ ओभरमा वर्षा भएपछि प्रभावित भएको खेललाई २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

च्याम्पियन बनेको नेपालसँगै यूएई यू १९ एसिया कपमा छनोट भइसकेका छन् । तेस्रो भएको जापान पनि एसिया कपमा छनोट भएको छ । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *