आज बडादशैं, मान्यजनबाट टीका र जमरा लगाईदै

By Sushil Basnet ७ कार्तिक २०८०, मंगलवार ००:५६ ७ कार्तिक २०८०, मंगलवार ००:५६ ७ कार्तिक २०८०, मंगलवार ००:५६


७ कात्तिक,दाङ

आज विजया दशमी अर्थात् नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपन्रे बताउनु भयो । दुर्गा बिसर्जन गर्नका लागि समितिले १० बजेट ३७ मिनेटको साइत तोकिदिएको छ ।
कसैलाई टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने उनले बताए ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
टीका प्रसाद र आशिर्वाद लिन घरघरमा तयारी गरिरहेका छ्न । सार्वजनिक सवारी साधन कमै सन्चालन भए पनि निजि सवारी साधनमा ओहरदोहर गर्नेको संख्या उल्लेख देख्न सकिन्छ । अधिकांश पसल बन्द छ्न ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *