ब्रेकिङ न्युज
Fri. Dec 5th, 2025

जंगलमा मौरीले डस्दा दुईजना घाइते,नगरप्रमुख खड्काद्धारा उद्दार

तुलसीपुर,५ जेठ

मौरीले डस्दा तुलसीपुरमा दुई जना घाईते हुनुभएको छ । उपमहानगरपालिका वडा नम्बर ३ अम्बासका ६२ वर्षिय सुपबहादुर दमाई र ६१ वर्षिया उहाकै श्रीमती लिलावती दमाईलाई आफन्तीको घरबाट घरमा जाने क्रममा शनिवार दिउँसो दमारगाउँ–अम्बास सडकखण्डको भ्युडरगैह««ाको जंगलमा मौरीले डसेको अवस्थामा फेला पर्नुभएको थियो । कामको सिलसिलामा त्यसतर्फ जादै गरेका तुलसीपुर उपमाहनगरपालिका प्रमुख टिकाराम खड्काले वृद्ध दम्पत्तीलाई जंगलमा घाइते अवस्थामा फेला पारेपछि उपमहानगर आफ्नै गाडीबाट उद्धार गरी उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको उहाँका स्वकीय सचिव गोकर्ण पौडेलले जानकारी दिनुभयो । उहाँहरुको उपचार भईरहेको मेयरको सचिवालयले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *