तुलसीपुर,७ जेठ
घोराही उपमहानगरपालिका वडा नम्वर १३ का अपाङगता भएका ब्यक्तिहरुका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । समाज कल्याण केन्द्र घोराहीको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नम्वर १३ को सहयोगमा एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
झण्डै ३५ बढि वडा तहका अपाङगता भएका ब्यक्तिहरुको सहभागिता रहेको उक्त अभिमुखिकरणमा अपाङगता भएका ब्यक्तिहरुका लागि बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन, अपाङगता भएका ब्यक्तिहरुको संबैधानिक कानुन,उनीहरुको आबश्यकता र चासो,नीति निर्माण तहमा पहँुच,योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा सहभागिता लगायतका बिषयमा अभिमुखिकरण दिइएको थियो ।
आयोजक समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवम वडा नम्वर १३ का अध्यक्ष डुल्लुराम पोख्रेलको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गरिएको थियो ।
सो अवसरमा सम्बोधन गर्नुहुदै वडा अध्यक्ष पोख्रेलले अपाङगता भएका ब्यक्तिहरुको आबश्यकता अनुसार स्वास्थ्य शिबिर सञ्चालन गर्ने जानकारी दिनुभयो । स्वास्थ्य बिमालाई थप प्रभाबकारी बनाउने प्राथमिकतामा राखेको जानकारी दिनुहुदै बिमा गराउने वडा बासीलाई बढि भन्दा बढि सम्पर्कमा ल्याई स्वास्थ्य बिमा बनाउने अवसरमा सहभागि गराउने प्रयासमा जुटेको बताउनुभयो ।
अभिमुखिकरणको सहजकर्तामा मानव अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेत हुनुहुन्छ । त्यसअवसरमा स्वागत मन्तब्य उक्त संस्थाका पुजा योगीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सदस्य पार्वती योगीले गर्नुभएको थियो ।
यसैबिच समाज कल्याण केन्द्रले असाह्य बालबालिकाको शिक्षामा पहँुच कार्यक्रमका लागि सञ्चालन गर्दै आएको खुत्रुके अभियान अन्तर्गत वडा नम्वर १३ मा राखिएको खुत्रुकेमा झण्डै साँढे ७ हजार रुपैया जम्मा भएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । बिभिन्न कार्यालयमा राखिएका खुत्रुकेलाई बिशेष अवसरमा फोड्ने र त्यसबाट संकलन भएको रकमले १० बढि बालबालिकालाई पढाउने अभियान सञ्चालन हुदै आएको उक्त संस्थाले जानकारी दिएको छ । समाज कल्याण केन्द्र महिलाहरुले संचालन गरेको अभियानमुखि संस्था हो,गौतमले भन्नुभयो ।