सुशील बस्नेत
तुलसीपुर,३१ बैशाख
गाँउघरमा बाल बिबाह रोकिन सकेको छ्रैन । २० बर्ष पुरा नभई बिबाह गर्न नपाईने बिबाह सम्बन्धि ऐनको महलमा उल्लेख गरिएको छ । बिभिन्न उमेर समुह अनुसार दण्ड सजायको ब्यबस्था छ । लमी,पुजारी लगायतलाई समेत बाल बिबाहमा संलग्न भएको देखिए पाइएमा दण्ड सजाय भोग्नुपर्ने छ तर गाँउ बस्तीमा यी कुराहरु थाह छैन्, दङीशरण गाँउपालिकाका महिलाहरुले बताउछन् ।
गाँउपालिकाको आयोजनामा ७ वटा वडाका झण्डै ४ सय बढि महिलाहरुलाई बालबिबाह न्युनीकरण तथा महिला हिंसा लगायतका बिषयको क्षमता बिकास तालिम संचालन गरिएको थियो । तालिममा गाँउबस्तीका महिलाहरुलाई दुई दिन सम्म उनीहरुको क्षमता बिकासमा मद्धत पुग्ने सवालमा प्रशिक्षण दिइएको गाँउपालिकाका उपाध्यक्ष पीमाकुमार वली खड्काले जानकारी दिनुभयो ।
अझै पनि परम्परागत सोच र चलनका कारण महिला माथि बिभिन्न किसिमका हिंसाहरु हुने गरेका छन्,बालबालिकाहरुलाई २० बर्ष पुरा नहुदै बिहे गर्ने गराउने चलन कहि कतै रहेको छ, अव महिलाहरुलाई सक्षम बनाई त्यस्ता सामाजिक बिकृत्तिहरुको न्युनीकरण गर्नुपर्छ, उहाँले भन्नुभयो । ५०÷६० बर्ष पुरा भई सकेका उमेर समुहका महिलाहरुले जिवनमा पहिलो पटक यस किसिमको तालिम प्राप्त गरेको बताएका छन् ।
यसैबिच बैशाख ३१ गते दङगीशरण गाँउपालिका वडा नम्वर २ मा तालिमको समापन गरिएको छ । वडा नम्वर २ का अध्यक्ष डम्वर बहादुर खत्रीको अध्यक्षतामा तालिम समापन गरिएको हो । तालिमको प्रशिक्षकमा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत,माया श्रेष्ठ र निर्मल नेपाली हुनुहुन्थ्यो । तालिम समापन कार्यक्रमको सञ्चालन गाँउपालिकाका महिला बालबालिका तथा सामाजिक बिकास शाखाका प्रमुख चुनकुमार घर्तीले गर्नुभएको थियो ।

