सुशील बस्नेत
हेकुली,दाङ,२५ बैशाख

दंङगीशरण गाँउपालिकाले गाँउघरका महिलाहरुलाई बालबिबाह र महिला हिंसा बिरुद्ध जुट्न तालिम दिन शुरु गरेको छ । ७ वटै वडाका झण्डै ५ बढि महिलाहरुलाई उनीहरुको क्षमता बिकास गराउन तालिम दिन शुरु गरेको हो ।
घरको चुलोचौकामा रमाउने गरेका महिलाहरुलाई समुदायमा संगठित गरि परम्परागत रुपमा रहेका सामाजिक,सांस्कृति तथा धार्मिक बिसंगति बिरुद्ध अभियान सञ्चालन गर्न तालिम दिन शुरु गरिएको गाँउपालिका उपाध्यक्ष पीमाकुमारी वली खड्काले जानकारी दिनुभयो ।
कम्तीमा ५ सय बढि बिभिन्न उमेर समुहका महिलाहरुलाई बाल बिबाह न्यूनिकरण,महिला हिंसा बिरुद्ध अभियान सञ्चालन गर्न महिलाको नेतृत्व बिकास तालिम दिन शुरु गरिएको वलीले बताउनुभयो ।
यसैबिच वडा नम्वर ५ मा ५५ बढि महिलालाई उक्त तालिम दिईएको छ । वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षता एवम गाँउपालिकाका उपाध्यक्ष पीमाकुमारी वली खड्काको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।
उक्त तालिममा सहभागि रामकुमारी चौधरी र सुष्मा चौधरीले आफुहरुलाई बाल बिबाह गर्न गराउन हुदैन भन्ने जानकारी नै नभएकोमा अव भने यसका बिरुद्ध अभियानमा जोडिने बताउनुभयो । महिलामाथि घर परिवार तथा समाजबाट समेत हुने गरेको हिंसाका बिरुद्ध बोल्ने बताउनुभयो । तालिमको प्रशिक्षकमा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत र तुलसीपुर उपमहानगरपालिकाका महिला,बालबालिका तथा सामाजिक शाखाका प्रमुख माया श्रेष्ठ हुनुहुन्छ ।
गाँउघरमा सामुदायिक भवनको प्रयोग
बिभिन्न कार्यमा प्रयोग गर्ने गरि निर्माण गरिएका सामुदायिक भवनको उपयोग सहि ढंगले भएको देखिन्छन । बिपत्तको बेला उद्धार र ब्यबस्थापनका लागि सामुहिक रुपमा बस्ने,तालिम,गोष्ठि र समुदायको बैठक,बिभिन्न समुदायको भोजभतेर तथा दुखको घडीमा समेत प्रयोग गरेको स्थानीयहरुले बताउँछन् । अचेल स्थानीय तह तथा गैरसकारी संस्थाहरुको रोजाई समेत सामुदायिक भवनमा पर्ने गरेको टोल बिकास समितिले बताउछन । कम खर्चमा सामुदायिक भवन निर्माण हुने र प्रयोग गर्दा कम भाडा दरमा समुदायले प्रयोग गर्न सक्ने, समुदायको पाईक पर्ने स्थानमा निर्माण गरेका कारणले पनि सबै जनाको सहज पहँुच हुने गरेका कारणले पनि आसपासबाट समेत सहभागि हुन आउने गरेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *