सुशील बस्नेत
तुलसीपुर,२४ बैशाख
तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई समूहले छुटाछुटै उम्मेदावरी दर्ता गराएका छन् । राजनीतिक दलको सिफारिसमा उम्मेदावरी दर्ता गराउदा कयौ ब्यबसायिहरु दलबदलको स्थीतिमा पनि देखिए । दलबाटै उम्मेदावरीको सिफारिस हुने पछिल्लो पटकको कारणले कुन दलले चुनाव जित्छ भन्ने हेर्न बाँकी नै छ । बर्तमान महासचिव बिनिल केसीको नेतृत्वलाई नेपाली काग्रेसले समर्थन गरेको छ । बर्तमान उपाध्यक्ष ललितजंग शाहको नेतृत्वलाई बिभिन्न राजनीतिक दलहको समर्थन रहेको छ । काग्रेसले आधिकारीक उम्मेदवारको रुपमा अध्यक्ष पदमा बिनिल केसी, टिममा बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसीलाई अगाडी सारेको छ । सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा, र सह–कोषाध्यक्षमा दिपेश भण्डारीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, संस्थापक सदस्यमा चिन्तामणि आचार्य, सदस्यहरुमा , शैलेन्द्रकुमार बुढाथोकी, सुवाश अधिकारी, कोमल डिसी (कमल), तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्टलाई काग्रेसले अगाडी सारेको छ ।
त्यस्तै काग्रेसबाट आधिकारीक उम्मेदावारको अपेक्षामा रहेका तर आधिकारीक रुपमा अध्यक्ष पदको उम्मेदावर नबनाएका कारण रुक्ष्ट बनेका ललितजंग शाहले आफुलाई बिभिन्न राजनीतिक दलको समर्थन जुटाई साझा व्यवसायीक प्यानलबाट उम्मेदार दिनुभएको छ । शाहको नेतृत्वमा साझा प्यानलमा काग्रेसका असन्तुष्ट समुहको समर्थन रहेको देखिएकाके छ । केसी र शाह बिच अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने आकल गरिएको छ ।
शाह नेतृत्वको साझा प्यानलबाट उपाध्यक्ष (खुल्ला) मा डिल्ली बहादुर वली (माओबादी), उपाध्यक्ष (वाणिज्य)नरेश कुमार राज भण्डारी( नेकपा एमाले), उपाध्यक्ष(उद्योग)मा विश्व बस्नेत(नेका) ले उम्मेदावरी दर्ता गराउनुभएको छ ।
कोषाध्यक्षमा शेषकान्त ढकाल(माओबादी), महासचिवमा नरेन्द्र कुमार डाँगी(नेकपा एमाले), सचिवमा भुपाल रावत(राप्रपा), सह–कोषाध्यक्षमा किशोर कुमार वली( नेका) रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा भिम बहादुर खत्री, शारदा बस्नेत(नेका), मिना रावत(एमाले), मनोज कुमार गुप्ता, कृष्ण बहादुर पुन, सुरेश नेपाली र टोप बहादुर महतरा( जसपा)ले उम्मेदावरी दर्ता गराउनुभएको छ ।
वैशाख २९ गते हुने वाणिज्य संघको निर्वाचनका लागि वैशाख २४ गते आज उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सोही अनुसार दुईवटा प्यानलले उम्मेद्धारी दर्ता गराएका हुन् ।।
तुलसीपुर बाणिज्य संघ भित्र नयाँ नेतृत्व चुन्नका लागि तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् ।
निर्वाचत समितिका संयोजक प्रबिण लम्सालका अनुसार उम्मेदवारहरुको नामाबली प्रकासन २४ गते अपरान्ह साढे ५ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामाबली प्रकासन २६ गते बेलुका साढे ५ बजेलाई निर्धारण गरिएको छ ।
तीन बर्षे कार्यकालका लागि बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

