सुशील बस्नेत
तुलसीपुर,८ बैशाख
बाल बिबाह न्यूनिकरण गर्ने उदेश्यले पश्चिम दाङमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।
सहायता केन्द्रको आयोजना तथा सामाजिक बिकास डिभिजन कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा बबई गाँउपालिका वडा नम्वर ७ मा ४० बढी किशोरी तथा महिलाहरुलाई बाल बिबाह न्यूनिकरणका उपायका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको सहायता केन्द्रका अध्यक्ष खेमराज बिश्वकर्मा सेन्चुरीले बताउनुभयो ।
बिबाहका लागि योग्य हुने बैधानिक अबस्था,बालबिबाह गर्ने र गराउनेलाई दण्ड सजाय,बालबिबाहबाट निम्त्याउने असर आदीका बारेमा जानकारी गराईएको थियो ।
बालबिबाह न्यूनिकरण तथा महिला प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतनामुलक २ दिने कार्यक्रमको बबई गाँउपालिका वडा नम्वर ७ का अध्यक्ष तिलकराम भण्डारीले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि भण्डारीले भन्नुभयो,बालबिबाह गैरकानुनी कार्य हो । अव यसलाई सामाजिक,सांस्कृतिक रुपमा समेत अन्त्य गर्नुपर्छ । बालबिबाह गरेकी महिला तथा शिशुको स्वास्थ्य समेत कम्जोर हुने र जिनवभर दुख पाईने भएका कारणले बालबिबाह गर्ने र गराउने दुवै पक्षले रोक्नुपर्नेमा जोड दिनुभयो ।
सरस्वती माध्यामिक बिद्यालय चरकमटिया बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर राम्जाले बालबिबाह रोग र समस्या दुवै हो भन्नुभयो ।
उक्त कार्यक्रमको प्रशिक्षकमा अधिकारकर्मी सुशील बस्नेत र निर्मल नेपाली हुनुहुन्छ । भने कार्यक्रम उद्घाटन समारोहको सञ्चालन संस्थाका सचिव मुना बिश्वकर्माले गर्नुभएको थियो । स्वागत मन्तब्य शिक्षा नेपालीले गर्नुभएको थियो ।
आज शनिबार समापन हुने उक्त सचेतना कार्यक्रममा ४० बढि किशोरी तथा महिलाहरुको सहभागिता रहेको छ ।

