सुशील बस्नेत
तुलसीपुर,२८ चैत
माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरले शैक्षिक सत्र २०८१ लाई शैक्षिक सुधार बर्षको रुपमा लिएको छ । नमुना बिद्यालयको रुपमा बिकास गर्दै गएको यस बिद्यालयले शिक्षण सिकाईमा ब्यापक सुधार गर्ने गरि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बिद्यालयका प्रधानाध्यपक भागवत पौडे्लले बुधबार एसटिएन न्युज अनलाइनसँग कुरा गर्दै तहगत कक्षाका बिद्यार्थीहरुले सोही अनुरुपमा शिक्षण सिकाई प्राप्त गर्ने गरि बिद्यालयले शैक्षिक सुधार गर्ने उदेश्यका साथ रणनीति र सुचक समेत निर्माण गरेको जानकारी दिनुभयो । बिद्यार्थीहरुले शिक्षण सिकाई र शिक्षक शिक्षीकाले अध्यापन गराएको मापन गर्न अनुगमन र मूल्यांकनको बिधि समेत अपनाईने छ, प्र.अ. पौड्लले बताउनुभयो ।
२०२७ सालमा स्थापना भएको यस बिद्यालय गत शैक्षिक सत्रमा बिभिन्न तहमा गरि २५ सय बिद्यार्थी अध्ययनरत थिए । भौतिक पूर्वाधार,आर्थिक श्रोत ब्यबस्थापन,बिद्यार्थी संख्याको अनुपातमा निकै सुधार गरेको यस मेघा बिद्यालयले २५ सय भन्दा बढि बिद्यार्थी भर्ना गर्न नसक्ने समेत बताएको छ । स्थायी,राहत,अस्थायी,नीजि लगायत गरि ८५ जना शिक्षक शिक्षीका कार्यरत यस बिद्यालयमा दक्ष जनशक्तिको रुपमा थप १० जना शिक्षक भर्ना गर्ने र तीन तहको पठन पाठन सञ्चालन गर्ने तयारी भईरहेको उक्त बिद्यालयले जनाएको छ ।
सामुदायिक बिद्यालय भएकै कारण समुदायको आवश्यकता र माग अनुसार नेपाली भाषामा आधारित,अग्रेजी भाषामा आधारित र बिशिष्ट सुबिधायुक्त कक्षा गरि ३ वटा माध्यमबाट कक्षाहरु सञ्चालन हुने छन् । बिद्यार्थीको चाप र शिक्षक दरबन्दीका कारण बिभिन्न किसिमका सुबिधा दिएर बिद्यालयमा पठन पाठन भईरहेको बिद्यालयका प्र.अ. पौड्ेलले बताउनुभयो । बिशिष्ट सुबिधायुक्त कक्षा सञ्चालनका लागि भने प्रति बिद्यार्थी २ हजार शुल्कको ब्यबस्था गरिएको उहाँले बताउनुभयो । वातावरणअनुकुलन कक्षाकोठा,डिजिटल प्रबिधि र अन्य बिशेष सुबिधा बिद्यार्थीले प्राप्त गर्ने बिद्यालयले जनाएको छ । बिद्यालयको शैक्षिक सुधार अन्तर्गत कक्षा सञ्चालन हुनु अघि कक्षा कोठामा बिद्यार्थी हाजिरी गराउने ब्यबस्था गरिएको छ भने हाजिरी पछि मात्र प्रार्थनामा समाबेश गरि पुन ः कक्षा सञ्चालन गर्ने ब्यबस्था उक्त बिद्यालयले सुरु गरेको छ । हाजिरीका कारण पहिलो कक्षा ४५ मिनेट नपुग्ने समस्याको समाधान हुने गरेको छ ।

