सुशील बस्नेत
तुलसीपुर,२२ चैत
तुलसीपुर उपमहानगरपालिकाले केही समयदेखि उठाउन रोकिएको सरसफाई बाफत शुल्क शुक्रबारदेखि उठान शुरु गर्दैछ । उपमहानगरपालिकको बित्तीय स्वास्थ्य गडबड भएकाले सुधारका लागि सरसफाई शुल्क उठाउन शुरु गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगीले जानकारी दिनुभयो । झण्डै ३४ करोड बढि राजस्व संकलन भई सक्नुपर्नेमा हाल सम्म १४÷१५ करोड मात्र उठेको डाँगीले जानकारी दिनुभयो ।
तुलसीपुरमा बिहीबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुहुदै बिरेन्द्र नगर उपमहानगरपालिका सुर्खेतबाट सरुवा भई आउनु भएका प्रमुख प्रशासकिय अधिकृत डाँगीले भन्नुभयो, उपमहानगरपालिकाले केही समयदेखि निरन्तरता दिन नसकेको शुल्क भोली शुक्रबारदेखि उठाउन शुरु हुन्छ,सबै नगरबासीले सहयोग गर्नुपर्छ । यस आर्थिक बर्षमा १ करोड ५० लाख रुपैया सरसफाई शुल्कबाट संकलन गरिनेछ । जुन ठुला होटल,मेडिकल लगायत ब्यबसायिबाट ३ सय रुपैया,फेन्सी लगायतका साना ब्यबसायीबाट २ सय १० रुपैयाका दरले शुल्क उठाईने छ । त्यस्तै घरधनी र अन्यबाट कार्यालयमा बुझाउने मालपोत लगायत अन्यबाट ५० रुपैयाका दरले संकलन गरिने छ । बजार सरसफाईमा खटिने कर्मचारी प्रति निगरानी बढाएको उहाँले भन्नुभयो । बिद्युतिय हाजिरीलाई कडाईका साथ लागु गरिएको छ । बित्तिय अनुशासनका लागि अनुगमनमा गए बाफत भत्ता दिने कार्यलाई रोकिने र आफुले नलिने बताउनुभयो ।
महिला नमुना सांसदको संयुक्त बैठक
तुलसीपुर उपमहानगरपालिकामा गठन गरिएको महिला नमुना संसदको संयुक्त बैठक एवंम कार्यक्रमको समिक्षा बिहीबार तुलसीपुरमा सम्पन्न भएको छ ।
प्रतिनिधि सभाको नमुना संसदको रुपमा गठन गरिएको महिला नमुना संसदमा ७ वटा बिषयगत समिति समेत गठन गरिएको छ । उक्त समितिले सम्पादन गरेको काम,कार्यशाला र अभ्यासमा गरिएको सकारात्मक र सुधार गर्नुपर्ने पक्षका बिषयमा समिक्षा गरिएको थियो ।
उक्त अवसरमा ३३ बुँदे शान्ति महिला नमुना संसदको गत चैत १७ र १८ गते सम्पन्न संसद बैठक तथा अधिबेसनद्धारा पारित गरिका ३३ बुँदे ध्यानाकर्षण माथि सुझाब संकलन गरिएको थियो भने आगामी दिनमा उक्त ध्यानाकर्षण पत्र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई बुझाईने शान्ति महिला नमुना संसदका परिकल्पनाकार एवम न्यूसीपिसीका अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभयो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी,प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगी,न्युसिपीसिका अध्यक्ष नवराज लामिछाने,बरिष्ठ अधिबक्ता प्रदिप धिताल,अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेत लगायतले आ आफ्ना सुझाब दिनुभएको थियो । कार्यक्रमको सहजिकरण महिला,बालबालिका तथा सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

