ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

स्वतन्त्र सांसदले समर्थन गरेपछि लुम्बिनीमा महरा बन्ने पक्कापक्की

राप्ती उपत्यका देउखुरी ,२२ चैत

निकै रसाकस्सीका बिच लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले बहुमत जुटाएको छ । नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले समर्थन गरेपछि लुम्बिनीमा एमाले माओवादीसहितको गठबन्धनले बहुमत जुटाएको हो ।
केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरुसंग बहुमत जुटाउन एक सांसदको कमी थियो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । अब स्वतन्त्र सांसदले समर्थन गर्ने भएपछि बहुमत पुगेको छ ।
लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका सभामुखबाहेक १०, जसपाका तीन जना तथा नेकपा एकीकृतका एक सांसद छन् ।
बिहीबार स्वतन्त्र सांसद र चार दलको बैठकले माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनाउन समर्थन गर्ने निर्णय गरेका छन् ।
सहमति पत्रमा प्रदेश सरकारबाट गरिने सबै राजनीतिक नियुक्तिहरु सरकारमा सहभागी सबै दलहरुको अपनत्व हुने गरी गरिने, प्रदेशको पहिचान कायम गर्ने प्रदेश गौरवका योजनाहरु, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्वविद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन बनाउन सरकार साझेदार दलहरुको साझा प्राथमिकताको रुपमा कार्यन्वयन गरिने उल्लेख छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माण लगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरुको नेतृत्वबाट एक निर्देशक समिति निर्माण गरी कार्यसम्पादन गर्ने नीति अवलम्वन गर्ने दलहरुबीच सहमति भएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *